जर्सीका लागि प्रायोजक खोज्दै क्यान, न्यूनतम मूल्य दुई करोड

जर्सीका लागि प्रायोजक खोज्दै क्यान, न्यूनतम मूल्य दुई करोड

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले पुरुष राष्ट्रिय टोलीको जर्सीका लागि मुख्य प्रायोजक खोजेको छ।

एक सूचना निकालेर क्यानले जर्सी प्रायोजनका विभिन्न आधार समेत तोकिदिएको छ।

जर्सी प्रायोजनका लागि वार्षिक दुई करोड रुपैयाँ क्यानलाई बुझाउनुपर्ने हुन्छ भने यो रकम प्रत्येक वर्ष १० प्रतिशतका दरले बढ्दै जानेछ।

यस्तो सम्झौता तीन वर्षका लागि हुने क्यानले जारी गरेको सूचनामा उल्लेख छ। एच्छुक कम्पनीले ११ अप्रिलसम्म आवेदन दिन क्यानले आग्रह गरेको छ।

सम्झौतापछि नेपाली पुरुष क्रिकेट टिमको जर्सीमा उक्त कम्पनीको ब्रान्ड नाम र लोगो समावेश हुनेछ।

चैत ११, २०८१ सोमबार ०९:३३:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।