प्रधानमन्त्री कपमा आज तीन खेल

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा सोमबार तीन खेल हुँदैछन्।
मधेश र गण्डकी प्रदेशबीच भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा खेल हुँदा लुम्बिनी र एपीएफबीचकाे खेल तिलोत्तमाकाे एक्स्ट्राटेक ओभलमा हुनेछ।
त्यसैगरी कर्णाली र बागमती प्रदेशबीचको खेल लमहीको देउखुरी क्रिकेट स्टेडियममा हुनेछ। तीनै खेल विहान नौ बजेदेखि सुरू हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।
जारी प्रतियोगितामा नेपाल पुलिस क्लबले सात खेलबाट शतप्रतिशत जितसहित १४ अङ्क बनाएर फाइनलमा आफ्नो स्थान लगभग पक्का गरिसकेको छ।
एक खेल खेल्न बाँकी रहेको दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबको पनि १४ अङ्क छ। यसै गरी शीर्ष दुईमा पुगेर फाइनल खेल्ने होडमा एपिएफ पनि रहेको छ।
दुई खेल खेल्न बाँकी छँदा एपीएफको १० अङ्क रहेको छ। अब एपीएफलाई फाइनलमा स्थान बनाउन बाँकी दुवै खेल जित्नुपर्ने हुन्छ भने आर्मी पराजित हुनुपर्छ।
यसअघि हिजो भएको खेलमा आर्मीले लुम्बिनीलाई १३१ रनले पराजित गर्दा एपीएफले गण्डकीलाई ३१ रन र सुदूरपश्चिमले कोशीलाई ३१ रनले हराएको थियो।
चैत ११, २०८१ सोमबार ०८:५१:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।