दाङको प्लाई उद्योगमा रातिदेखि आगलागी, अझै नियन्त्रणमा आउन सकेन

दाङको प्लाई उद्योगमा रातिदेखि आगलागी, अझै नियन्त्रणमा आउन सकेन

दाङ : घोराही उपमहानगरपालिका-९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगलागी भएको छ।

गए राति करिब २ बजेदेखि सुरू भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले आगो निभाउन जिल्लाका सबै ठाउँबाट दमकल र टयाङ्कर ल्याएर आगो निभाउने प्रयास भइरहेको जानकारी दिए।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी आगो निभाउने कार्यमा खटिएका छन्।

आगलागी भएको क्षेत्र नजिकै बस्ती रहेकाले त्यहाँका नागरिकलाई घरबाट बाहिर निकाली बस्ती जोगाउने काम भइरहेको प्रजिअ लम्सालले बताए।

उनले बाँके र रुपन्देही जिल्लाबाट समेत दमकल मगाएको बताए। आगलागीको कारण खुल्न सकेको छैन।

चैत ११, २०८१ सोमबार ०७:४६:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।