हिउँले छपक्कै छोपिएकी पाथीभरा माता

ताप्लेजुङ : शनिवार साँझ परेको हिउँका कारण आइतबार पनि पाथीभरा मन्दिर क्षेत्र सेताम्मे देखिएको थियो। मन्दिर परिसर हिउँले ढाकिएको छ।
मन्दिर वरिपरिको क्षेत्र, रुख अनि बाटोभरि छपक्कै हिउँले पुरिएका छन्। हिउँ परे पनि मन्दिर पुग्ने दर्शनार्थीहरु घटेका छैनन्। बाटो हिउँले ढाकेकाले चिप्लने जोखिम भने देखिन्छ।
पाथीभरा मन्दिर जान केबलकार निर्माणको प्रयास भए पनि विवादका कारण सो रोकिएको छ। आन्दोलनरत पक्ष सरकारी वार्ता समितिसँग वार्तामा बस्न राजी नहुँदा सहमतिको प्रयास समेत सफल हुन सकेको छैन। केबलकारको निर्माण प्रक्रिया ढप्प छ अहिले।
चैत १०, २०८१ आइतबार २२:१३:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।