रोकिराखेको हायस आफैँ गुड्दा एक जनाको मृत्यु, नौ जना घाइते

रोकिराखेको हायस आफैँ गुड्दा एक जनाको मृत्यु, नौ जना घाइते

काठमाडौँ : काठमाडौँको चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गामा आइतबार साँझ सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा नौ जना घाइते भए।

चितवनबाट काठमाडौँ आउँदै गरेको ग १ ख ५५४६ नम्बरको रोकेर राखेको अवस्थामा आफैँ गुडेर सडक छेउको पेटीमा ठोकिँदा ठेगाना नखुलेकी अन्दाजी २५-२६ वर्षीया सविना गुरुङको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएकी गुरुङको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। उनका अनुसार दुर्घटनामा नौ जना घाइते भएका छन्।  घाइतेमध्ये केहीको ट्रमा सेन्टर र केहीको अन्नपूर्ण न्यूरोमा उपचार भइरहेको छ।

चैत १०, २०८१ आइतबार २१:५०:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।