रौतहट एसइई परीक्षामा चिट चोर्न राखिएको ४ सय ६९ वटा मोबाइल जफत, दुई गार्ड पक्राउ

रौतहट : रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा सामेल परीक्षार्थीले बोकेका ४ सय ६९ थान मोबाइल बरामद गरिएको छ।
विभिन्न परीक्षा केन्द्रमा चिट चोर्न प्रयोजनका लागि परीक्षार्थीहरूले आफ्नो शरीरमा मोबाइल लुकाइ छिपाइ परीक्षा हलभित्र प्रवेश गरेकोमा चेकजाँचका क्रममा फेला पारी बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार परीक्षा हलभित्र गार्डको रूपमा खटिएकाहरू नै चिट चोराउन सक्रिय देखिए। उनीहरूले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह नगरेको र अमर्यादित क्रियाकलाप गरेको भन्दै दुई जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दीपक कुमार रायले बताए।
परीक्षा सञ्चालन भएको तीन दिनको अवधिमा १२ सय ३३ थान मोबाइल बरामद भइसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
चैत १०, २०८१ आइतबार १८:१०:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।