ओप्पो नेपालले ए फाइभ प्रो स्मार्टफोन सार्वजनिक

एजेन्सी : ओप्पो नेपालले ए फाइभ प्रो स्मार्टफोन सार्वजनिक गरेको छ।
बाहिरी गतिविधि, गेमिङ र मनोरञ्जनलाई ध्यानमा राख्दै ल्याएको फोनले उत्कृष्ट प्रदर्शन, टिकाउपन र मजबुत सुरक्षा प्रदान गर्ने कम्पनीको दाबी छ।
ओप्पो ए फाइभ प्रोले आईपी६९ स्तरको पानी र धुलो प्रतिरोध र मिलिटरी-ग्रेड झट्का प्रतिरोध सहितको प्रमाणिकरण प्राप्त गरेको छ।
फोनमा ५ हजार ८ सय मिलिएम्पियर क्षमताको ठूलो ब्याट्री र फास्ट चार्जिङको सुविधा पनि छ। मोक्का ब्राउन र अलिभ ग्रीन गरी दुई रङमा पाउने फोन ७.७६ मिलिमिटर पातलो र १९४ ग्राम तौलको छ।
ओप्पो ए फाइभ प्रोले गेमिङका लागि एआई गेमबुस्ट, स्न्यापड्रागम सिक्सएस फोरजी चिपसेट, ८ जीबी र्याम र २५६ जीबी स्टोरेज सहितको मजबुत प्रदर्शन ल्याउँछ।
एक हजार निट्सको ब्राइटनेस, डुअल स्टीरियो स्पिकरले फोनलाई मनोरञ्जनको लागि अत्यन्त उपयुक्त बनाउँछ। साथै, फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा र ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ।
ओप्पो ए फाइभ प्रोको मूल्य ३२ हजार नौ सय ९९ रहेको छ भने प्रि-अर्डरका पहिलो पाँच सय ग्राहकलाई एक हजार रुपैयाँ नगद फिर्ताको अफर दिइएको छ।
चैत १०, २०८१ आइतबार १४:०९:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।