ज्ञानेन्द्र संवैधानिक राजा बन्नलायक मान्छे हैनन्, राप्रपा पछुताउँछ : सभापति देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ज्ञानेन्द्र शाह संवैधानिक राजा हुनलायक मान्छे नभएको बताएका छन्।
नेपाली कांग्रेस बागमती प्रदेशसभा निर्वाचन क्षेत्रीय सभापति र बागमती प्रदेश कार्यसमितिका लागि नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागले ललितपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले ज्ञानेन्द्र शाह संवैधानिक राजा हुनलायक मान्छे नभएको बताएका हुन्।
उनले भने, ‘एउटा कुरा के स्पष्ट हो भने यी संवैधानिक राजा बन्न लायकका मान्छे हैनन् र हुन पनि सक्दैनन्। यिनी संवैधानिक राजा बन्ने टेम्परमेन्ट र नेचरका मान्छे नै हैनन्।’
पूर्वराजा ज्ञानेन्द्र शाह बोकेर हिँडेको राप्रपाले दु:ख पाउने भन्दै सभापति देउवाले राप्रपा पछि पछुताउने दाबी गरे।
उनले अगाडि थपे, ‘पूर्वराजाले राजनीति नै गर्नुछ भने पार्टी खोलेर गरे भइहाल्यो । तर, त्यो पार्टीमा लाग्नेले पनि धेरै दुःख पाउँछन्।’
चैत १०, २०८१ आइतबार १३:२५:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।