इन्टरनेटको तार तान्ने क्रममा करेन्ट लागेर गोरखामा एक जनाको मृत्यु

गोरखा : जिल्लाको आरुघाट गाउँपालिका-६ स्थित कल्लेरीका २७ वर्षीय हरि विकको करेन्ट लागेर मृत्यु भएको छ।
आज बिहान फाइबरको तार तान्ने क्रममा पोलमा चढ्दा विकलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए।
‘करेन्ट लागेर गम्भीर घाइते हुनुभएका विकलाई गोरखा अस्पतालका चिकित्सकले मृत घोषित गरेका हुन्’, उनले भने।
घटनास्थलमा अनुसन्धान गर्दा डिसहोमको फाइबरको तार तान्ने क्रममा पोलमा चढ्दा बिजुलीको नाङ्गो तारमा छोइएपछि उहाँलाई करेन्ट लागेको पाइएको उपरीक्षक सुवेदीले बताए।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
चैत १०, २०८१ आइतबार १३:११:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।