स्काईवेलको फ्ल्यागसिप शोरुम नक्सालमा

काठमाडौं : जी मोटर्स प्रालिले स्काईवेलको फ्ल्यागसिप शोरुम काठमाडौंको नारायणचौर, नक्सालमा सञ्चालनमा ल्याएको छ।
शुक्रबार चिनियाँ राजदूतावासका डेपुटी चिफ अफ मिसन वाङ जीनले एक समारोहका बीच रिबन काटेर शोरुमको उद्घाटन गरे।
यस अवसरमा स्काईवेलका डेपुटी जनरल म्यानेजर थोमस झु र कन्ट्री म्यानेजर भिरा एवं जी मोटर्सका चेयरमेन दुर्गाप्रसाद गेलालको उपस्थिति रहेको थियो।
नेपालमा पाइने विद्युतीय सवारीसाधन (ईभी) मध्ये सबैभन्दा बढी ६२० किलोमिटर रेन्ज भएको प्रिमियम एसयुभी स्काईवेल इटी फाइभ नेपाली बजारमा एक वर्ष अगाडि भित्रिएको थियो। स्काईवेलको यो नेपालमा पाँचौं बिक्री कक्ष हो।
विश्वका ६५ भन्दा बढी देशमा निर्यात भइरहेको स्काईवेलले युरोप, अमेरिका, अफ्रिका, अस्ट्रेलिया, मिडल इस्ट, रसियारहित एसियामा समेत बिस्तार भइसकेको छ।
भक्तपुरको राधेराधेमा पहिलो बिक्री कक्ष खोलेर नेपाली बजारमा स्काईवेलले एक वर्ष अगाडि आफ्नो प्रिमियम एसयुभीको बिक्री वितरण सुरु गरेको थियो।
नेपाली बजारमा भित्रिएको एक वर्षभित्रमै स्काईवेलले १०० भन्दा बढी एसयुभीहरू नेपालमा बिक्री गरिसकेको छ।
एक करोड १५ लाख रुपैयाँ मूल्यसम्म पर्ने स्काईवेलका एसयुभीको सुरुवाती भेरियन्टको ४१० किलोमिटर रेन्ज भएको एसयुभी नै ७९ लाख ९० हजार रुपैयाँ मूल्य पर्छ।
यसै वर्ष स्काईवेलले अहिलेसम्मकै प्रिमियम फिचर भएको सानो एसयुभी पनि लिएर आउँदैछ।
चैत १०, २०८१ आइतबार १०:५१:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।