४००औं टी२०मा खेल्ने तेस्रो भारतीय बने कोहली, अर्धशतक बनाएपछि मैदानमै छिरे फ्यान

एजेन्सी : इन्डियन प्रिमियर लिग (आईपीएल)को पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)ले कोलकाता नाइट राइडर्स (केकेआर)लाई ७ विकेटले पराजित गरेको छ।
शनिबार, कप्तान अजिंक्य रहाणेको अर्धशतकको मद्दतले केकेआरले आरसीबीलाई १७५ रनको लक्ष्य दियो। जवाफमा, विराट कोहलीले अविजित ५९ रन बनाएर २२ बल बाँकी रहँदा आफ्नो टोलीलाई जित दिलाए।
खेलका अलावा पनि इडेन गार्डेन स्टेडियममा धेरै यस्ता क्षणहरू भए जसलाई दर्शकले इन्जोय गरे। यो खेलसँगै कोहलीले आफ्नो टी-२० करियरमा ४०० खेल पूरा गरे। यसका लागि बीसीसीआईले कोहलीलाई स्मृति चिन्ह प्रदान गरेर सम्मान गरेको छ।
खेलको पहिलो ओभरमा सुयशले डे ककको क्याच छोडे। पछि एक दर्शक मैदानमा प्रवेश गरे र कोहलीको खुट्टा छोए।
१. उद्घाटन समारोहमा शाहरुख, कोहली र रिङ्कुको नृत्य
उद्घाटन समारोहमा बलिउड स्टार शाहरुख खान, विराट कोहली र रिंकु सिंहले सँगै नृत्य गरे। कोहलीले ‘झुमे जो पठान...’ गीतमा नाच्दा र रिंकु सिंहले शाहरुखसँग ‘मैं लुट गया...’ गीतमा नाचे।
समारोहको पहिलो प्रस्तुति श्रेया घोषालले दिएकी थिइन्। बलिउड अभिनेत्री दिशा पटानीले ‘मलंग-मलंग...’ गीतमा नृत्य गरिन्। पञ्जाबी गायक करण औजलाले ‘माहौल पूरा वेभी’ बोलको गीत गाए। औजलाको प्रस्तुतिमा दिशा पटानीले पनि प्रस्तुति दिइन्।
२. पहिलो ओभरमै क्याच ड्रप
आईपीएल-१८ को पहिलो ओभर मिश्रित रह्यो। एउटा चौका आयो भने एउटा क्याच ड्रप र विकेट समेत हात पर्यो। जोश हेजलवुडको बलमा चौका प्रहार गर्दै क्विन्टन डी ककले टोलीको खाता खोलेका थिए।
हेजलवुडको अर्को बलमा सुयश शर्माले सर्ट मिडविकेटमा क्याच ड्रप गरे। त्यसपछि ओभरको पाँचौं बलमा डी कक पनि आउट भए। उनलाई विकेटकिपर जितेश शर्माले क्याच आउट गरे।
३. दर्शक मैदानमा प्रवेश गरे र कोहलीको गोडा छोए
१३औं ओभरको अन्तिम बलमा चौका प्रहार गर्दै कोहलीले आफ्नो अर्धशतक पूरा गरेपछि एक फ्यान मैदानमा पसे र विराट कोहलीको गोडा छोए। पछि सेक्युरिटीले ती फ्यानलाई स्टेडियमबाट बाहिर निकालेका थिए।
४. कोहली ४०० टी-२० खेल खेल्ने तेस्रो भारतीय
विराट कोहली ४०० टी-२० खेल खेल्ने तेस्रो भारतीय खेलाडी बनेका छन्। उनीभन्दा अगाडि रोहित शर्मा (४४८ खेल) र दिनेश कार्तिक (४१२ खेल) ले यो उपलब्धि हासिल गरिसकेका छन्। कोहलीले ४०० खेलमा १२९२५ रन बनाएका छन्।
चैत १०, २०८१ आइतबार ०९:३६:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।