प्रधानमन्त्री कपमा आज तीन खेल हुँदै

काठमाडौं : पीएम कप क्रिकेटमा कपमा आज तीन खेल हुँदैछन्।
आज सुदूरपश्चिम प्रदेश र कोशी प्रदेशबीच खेल हुनेछ। जारी प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले ७ खेलमा २ जित र ५ हार बेहोरेको छ भने कोशी प्रदेशले खेलेका ७ खेलमा १ जित र ६ हार बेहोरेको छ।
आज अर्को खेल त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशबीच हुनेछ। सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुने छ।
जारी प्रतियोगितामा आर्मी क्लबले ७ खेलमा ६ जित र एक हार बेहोरेको छ भने लुम्बिनी प्रदेशले ७ खेलमा ४ जित ३ हार बेहोरेको छ।
त्यस्तै अर्को खेल गण्डकी प्रदेश र एपीएफ क्लबबीच हुनेछ। एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुनेछ।
जारी प्रतियोगितामा गण्डकीले ७ खेलमा एक जित र ६ हार बेहोरेको छ भने एपीएफले आफ्ना ६ खेलमा ४ जित र २ हार बेहोरेको रहेको छ।
यसअघि हिजो भएको खेलमा बागमतीले काेशी प्रदेशलाई १३१ रनले पराजित गरेको थियो।
चैत १०, २०८१ आइतबार ०८:३०:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।