लेबनानमा इजरायलको हवाई आक्रमण हुँदा सात जनाको मृत्यु, ४० जना घाइते

एजेन्सी : लेबनानबाट केही रकेट प्रहार भएपछि इजरायलले लेबनानमा हवाई आक्रमण तीव्र बनाएको छ।
इजरायली सेनाले दक्षिणी लेबनानमा रहेको दर्जनौं रकेट लन्चर र इरान समर्थित हिजबुल्लाहको कमाण्ड सेन्टरलाई निशाना बनाएको बताएको छ।
इजरायली आक्रमणमा बालबालिकासहित ७ जनाको मृत्यु भएको र ४० जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
लेबनानमा हिजबुल्लाह र प्यालेस्टिनी गुटहरू सहित धेरै सशस्त्र समूहहरू सक्रिय छन् र इजरायलमा प्रहार गरिएका रकेटहरूको जिम्मेवारी कसैले पनि लिएको छैन।
इजरायलले गाजामा हेजबुल्लाहको सहयोगी हमास विरुद्ध आक्रमण तीव्र पारेको केही दिनपछि शनिबार लेबनानबाट रकेट आक्रमण भएको हो।
इजरायली सेनाले उत्तरी इजरायली शहर मेतुलामा प्रहार गरिएका तीनवटा रकेटहरूलाई रोकेको र आक्रमणमा कुनै हताहत नभएको बताएको छ।
हिजबुल्लाहले यी आक्रमणहरूबाट आफूलाई टाढा राखेको छ भने यसमा आफ्नो कुनै भूमिका नभएको र युद्धविरामप्रति प्रतिबद्ध रहेको बताएको छ।
चैत १०, २०८१ आइतबार ०७:२९:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।