ज्ञानेन्द्र गोर्खामा, राजा खोज्दै राजावादी नारायणहिटी अगाडि

काठमाडौं : शक्तीपिठहरुको दर्शन गर्ने भन्दै पूर्व राजा ज्ञानेन्द्र शाह गोर्खा पुगेका छन्। राजतन्त्रको बहालीको माग गर्दै एक समूहले भने शनिवार नारायणहिटी अगाडि विरोध प्रदर्शन गर्यो।
शाही युवा शक्ति नेपाल नाममा ज्ञानेन्द्रलाई तेस्रो पटक राजा घोषणा गर्न माग गर्दै शनिवार नारायणहिटी अगाडि प्रदर्शन गरे।
काठमाडौँको सामाखुसीबाट नारायणहिटीसम्म ‘ज्ञानेन्द्र सरकारलाई तेस्रो पटक राजा घोषणा गर्न’ भन्दै र्याली निकालिएको थियो।
र्यालीमा उनीहरूले ‘नारायणहिटी खाली गर’,‘हाम्रो राजा हाम्रो शान’, ‘राजसंस्था जिन्दाबाद’, ‘राजा आउ देश बचाउ’ जस्ता नारा लगाए।
यसअघि फागुन २५ मा पोखराबाट काठमाडौँ फर्कनेक्रममा ज्ञानेन्द्रको स्वागतमा विमानस्थलको गोल्डेन गेटदेखि निर्मल निवाससम्म रोडमा परेड निकालिएको थियो। राजतन्त्रको पक्षमा माहौल बनाउन समिति नै गठन भएको छ।
समर्थकसँगै ज्ञानेन्द्र सडक प्रदर्शनमा उत्रिएको भन्दै राजतन्त्रबारे अहिले बहस बढेको छ। गणतन्त्रवादी दलहरू विरोध प्रदर्शनको तयारीमा छन्। ज्ञानेन्द्र भने शक्तीपिठ घुम्न निस्किएका छन्।
चैत ९, २०८१ शनिबार २०:४९:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।