आईपीएल उद्घाटनमा गायिका श्रेया घोषालदेखि बलिउड अभिनेत्री दिशा पटानीसम्म

आईपीएल उद्घाटनमा गायिका श्रेया घोषालदेखि बलिउड अभिनेत्री दिशा पटानीसम्म

एजेन्सी : इन्डियन प्रिमियर लिग कुनै न कुनै रूपमा भारतीय मनोरञ्जन उद्योगसँग समेत जोडिएको छ। आफ्नो दुई दशकको इतिहासमा आइपिएल स्टार पावरको प्रतीक समेत बनेको छ।

सुपरस्टार मालिकहरूदेखि बलिउडका प्रख्यात हस्तीहरूको नियमित उपस्थितिले आइपिएललाई प्राय चर्चामा ल्याइरहन्छ। यस वर्ष, भारतीय क्रिकेटको मक्का मानिने कोलकाताको ईडन गार्डेन्समा उद्घाटन समारोह र खेल आयोजना हुँदैछ।

पहिलो खेल २०२४ को च्याम्पियन कोलकाता नाइट राइडर्स र क्रिकेटको सर्वाधिक चर्चित खेलाडी विराट कोहली सहितको रोयल च्यालेन्जर्स बैंगलोर टिमबीच हुँदैछ।

ईडन गार्डेन्समा शनिवार, २२ मार्च, साँझ ६ बजेदेखि यो भव्य समारोह सुरु हुनेछ। त्यसको एक घण्टापछि प्रतियोगिता सुरु हुनेछ।

उद्घाटन समारोहमा भारतीय मनोरञ्जन जगतका प्रख्यात हस्तीहरूले प्रस्तुति दिँदैछन्। प्रख्यात गायिका श्रेया घोषाल, बलिउड अभिनेत्री दिशा पटानी, र लोकप्रिय पन्जाबी र्यापर करण औजलाले प्रस्तुति दिने पुष्टि भइसकेको छ।

केही थप सेलिब्रिटीहरु पनि ईडन गार्डेन्समा देखिन सक्ने अनुमान गरिएको छ। कोलकाता नाइट राइडर्सका मालिक तथा बलिउडका सर्वकालीन महानायक शाहरुख खानको उपस्थितिसँगै वरुण धवन र श्रद्धा कपूरले पनि उद्घाटन समारोहमा प्रस्तुति दिने आंकलन गरिएको छ।

आईपीएलको अन्तर्राष्ट्रिय लोकप्रियता झल्काउन अमेरिकी ब्यान्ड वनरिपब्लिकलाई पनि आमन्त्रण गरिएको चर्चा छ। जे होस्, आईपीएल २०२५ को सुरुवात अत्यन्त भव्य हुने निश्चित छ, र त्यो पनि टसका लागि सिक्का उफार्नु अगाडि नै।

चैत ९, २०८१ शनिबार १६:३८:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।