चहलसँगको सम्बन्ध विच्छेदमा धनश्रीको पहिलो प्रतिक्रिया, इशारामै दिइन् जवाफ

चहलसँगको सम्बन्ध विच्छेदमा धनश्रीको पहिलो प्रतिक्रिया, इशारामै दिइन् जवाफ

एजेन्सी : क्रिकेटर युजवेन्द्र चहलसँग सम्बन्ध विच्छेदपछि कोरियोग्राफर धनश्री वर्मा पहिलो पटक मुम्बईको एक कार्यक्रममा देखिइन्।

कार्यक्रममा पापाराजीले सम्बन्ध विच्छेदको बारेमा उनको प्रतिक्रिया जान्न चाहन्थे। तर, उनले त्यसबारेमा खुलेर केही पनि भन्न चाहिनन्।

धनश्री आफ्नो नयाँ म्युजिक भिडियोको प्रचार गर्न टी सिरिजको कार्यालय पुगेकी थिइन्। त्यहाँ उपस्थित पापाराजीका लागि पोज दिँदै गर्दा, उनलाई चहलसँगको सम्बन्ध विच्छेदको बारेमा केही भन्न चाहनुहुन्छ भनेर सोधियो।

जवाफमा उनी मुस्कुराइन र भनिन्- ‘नो’। त्यसपछि उनले पापाराजीलाई पहिले गीत सुन्न आग्रह गरिन्।

पापाराजीहरूले पनि धनश्रीको गीतको प्रशंसा गर्छन् र उनको गीत ट्रेन्डिङमा रहेको बताउँछन्। धनश्रीले यसको लागि भगवानलाई धन्यवाद दिन्छिन्।

चहल र धनश्रीको सम्बन्ध विच्छेद मार्च २० मा भएको थियो। सोही दिन, धनश्रीको नयाँ संगीत भिडियो लन्च गरिएको थियो, जसका शब्दहरू ‘विवाहेत्तर सम्बध’को बारेमा छन्।

यसअघि मुम्बईको पारिवारिक अदालतमा सम्बन्ध विच्छेदको क्रममा चहल ‘आफ्नो खर्च आफैँ उठाउ’ लेखिएको टिसर्ट लगाएर आएका थिए।

चैत ९, २०८१ शनिबार १०:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।