शुक्रबार २४ घण्टा बन्द भएको लन्डनको हिथ्रो विमानस्थल सुचालु

शुक्रबार २४ घण्टा बन्द भएको लन्डनको हिथ्रो विमानस्थल सुचालु

एजेन्सी : शुक्रबार एक दिनको लागि बन्द भएपछि लन्डनको हिथ्रो विमानस्थलमा सुचालु भएको छ।

विमानस्थलबाट अहिले विमानहरूले अवतरण र उडान गरिरहेका छन्।  आजबाट विमानस्थलको पूर्ण सेवा सुरू हुने अपेक्षा गरिएको छ।

हिथ्रो विमानस्थल नजिकै रहेको एक विद्युतीय सबस्टेशनमा शुक्रबार आगलागी हुँदा विमानस्थलमा बिजुली आपूर्ति बन्द भएको थियो।

हीथ्रोले युरोपेली विमानस्थलहरूमा यात्रा गर्ने मानिसहरूलाई प्राथमिकता दिँदै एयरलाइनले छोड्न नभनेसम्म विमानस्थलमा नजान सल्लाह दिएको छ।

हिथ्रोका प्रमुख कार्यकारी थोमस वोल्डबीले यात्रुहरूसँग माफी माग्दै घटनालाई विमानस्थलको सबैभन्दा ठूलो त्रासदीको रूपमा वर्णन गरे।

आतंकवाद विरोधी प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ। यो तोडफोडको कार्य हो कि होइन भनेर पत्ता लगाउने प्रयास भइरहेको छ।

तर, अहिलेसम्म प्रहरीले अनुसन्धानमा त्यस्तो कुनै संकेत फेला पारेको छैन।

चैत ९, २०८१ शनिबार ०७:१६:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।