सरकारको काममा शेखर असन्तुष्ट, मियो बन्नुपर्नेमा एमाले र माओवादीको पछि लागेको आरोप

काठमाडौं : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले जनतामा नेतृत्वहरूप्रति वितृष्णा बढेको बताए। शुक्रवार कांग्रेसले काठमाडौँमा आयोजना गरेको विचार गोष्ठीमा बोल्दै उनले दुई दलको सरकार बनाउँदा गरिएको सम्झौता कार्यान्वयन नहुँदा जनता निराशा बढेको बताए।
‘हामीले राम्ररी काम गर्यौ भने डराउनुपर्ने अवस्था देखिँदैन। सरकारको नेतृत्व दुई ठुला दलले गरेका छन्। ती दुई ठुला दलको जिम्मेवारीमा रहेको सात बुँदे सम्झौता कार्यान्वयन नै भएन,’ उनले भने ‘जनता निराश छन्। जनता अहिले कसको पक्षमा छ भन्ने होइन, जनतामा नेतृत्वहरूप्रति वितृष्णा छ। यस्तो वितृष्णा हामीहरूले हटाउनुपर्छ।’
उनले कांग्रेस अहिलेको समस्या समाधानको लागि मियो बन्नुपर्ने समयमा एमाले, माओवादीको पछि लागेको बताए।
चैत ८, २०८१ शुक्रबार १७:१७:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।