भारतमा विद्युतका बारेमा कुरा गरेँ : परराष्ट्रमन्त्री देउवा

काठमाडौँ : परराष्ट्रमन्त्री आरजु राणा देउवा ११ दिने भारत भ्रमणकाक्रममा हाल नेपालमा देखिएको विद्युत् अभावको समाधानको लागि कूटनीतिक प्रयास गरेको बताइन्।
शुक्रवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले भारतमा हुँदा नेपालमा देखिएको विद्युत् अभावको समाधानको लागि पनि कूटनीतिक प्रयास गरेको बताइन्।
भ्रमणका क्रममा भएको दुई पक्षीय भेटवार्ताका क्रममा मानव अधिकार परिषद्मा नेपालको २०२७ देखि २०२९, संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्मा २०२९ देखि २०३१ तथा संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्मा २०३७ देखि ०३८ का लागि नेपालले दिएको उम्मेदवारी पनि नेपालको समर्थनका लागि आग्रह गरेको उनले बताइन्।
परराष्ट्रमन्त्री देउवा मार्च १० तारिख भारत भ्रमणमा गएकी थिइन्।
चैत ८, २०८१ शुक्रबार १७:१०:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।