प्रधानमन्त्री ओली भन्छन् ‘दाँत माझ्न नेपालमै उत्पादित ब्रस र मञ्जन नि छैन’

प्रधानमन्त्री ओली भन्छन् ‘दाँत माझ्न नेपालमै उत्पादित ब्रस र मञ्जन नि छैन’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले दाँत सफा गर्न स्वदेशमै  उत्पादन भएको ब्रस र मन्जन समेत नभएको भन्दै स्वदेशी उत्पादन बढाउन आग्रह गरे।

शुक्रवार एमालेको जनसङ्गठन नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो महाधिवेशनको उद्घाटन गर्दै उत्पादन बढाउन र देशमै उत्पादित वस्तुको प्रयोग बढाउनुपर्ने बताए।

‘हाम्रा आवश्यक उपभोग्य वस्तुहरू आफैँ तयार गर्न सकौँ भन्ने हो। आत्मनिर्भरतामा देशलाई लैजान धागो उत्पादन कपडा र मोजा उत्पादन गर्न जरुरी छ।’

उनले असन्तुष्टि व्यक्त नगरी आफ्नो काममा ध्यान दिनुपर्ने बताउँदै यस क्षेत्रमा स्वदेशी वस्तुको उत्पादनमा प्रोत्साहनका लागि सरकार तत्पर रहेको बताए। 

चैत ८, २०८१ शुक्रबार १६:५७:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।