पाँच वर्षको राष्ट्रिय प्रतिभा पुरस्कार एकै पटक वितरण

पाँच वर्षको राष्ट्रिय प्रतिभा पुरस्कार एकै पटक वितरण

काठमाडौं : प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट पुरस्कृत विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई पुरस्कार दिएको छ। सरकारले प्रजातन्त्र दिवसका दिन सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनेहरूलाई पुरस्कार दिने घोषणा गरेको थियो।

प्रधानमन्त्री केपी ओलीसँगै उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले पुरस्कृत व्यक्तिहरूलाई सम्मान गरेका थिए।

पुरस्कृत हुनेमा निम्न व्यक्तित्वहरूमा टेलिमेडिसिन: डा. छिरिङ लामा (सिन्धुपाल्चोक), विज्ञान प्रविधि नवप्रवर्तन: डा. विराजसिंह थापा (मोरङ), कीर्तिमानी पर्वतारोही: पूर्णिमा श्रेष्ठ (गोरखा), विज्ञान प्रविधि: डा. आभास मास्के (काठमाडौँ) र हरिराम श्रेष्ठ (गोरखा), चिकित्सा क्षेत्र: डा. ओममूर्ति अनिल (महोत्तरी), खेलकुद: सावित्रा भण्डारी साम्बा (लमजुङ), सम्पदा संरक्षण: रवीन्द्र पुरी (भक्तपुर), विवादित समाजसेवी: दिलशोभा श्रेष्ठ (काठमाडौँ) र रामजी अधिकारी (गोरखा) छन्।

प्रधानमन्त्री ओलीले कोरिया सरकारबाट पाएको एक लाख अमेरिकी डलरमा नेपाल सरकारबाट सोही बराबरको रकम थप गरी पुरस्कार कोष स्थापना गरेका थिए।

कोषबाट प्रत्येक वर्ष दुई जना प्रतिभालाई पाँच लाख रुपैयाँ राशिको पुरस्कार प्रदान गर्ने निर्णय भएको थियो। २०७६ सालमा पहिलो पटक दुई विधाका तीन प्रतिभालाई पुरस्कार प्रदान गरिएको थियो। त्यसपछि कोरोना महामारीका कारण पुरस्कार वितरण हुन सकेको थिएन। यस पटक पाँच वर्षको पुरस्कार एकै पटक प्रदान गरिएको हो।

चैत ८, २०८१ शुक्रबार १६:४७:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।