विवाहको चार वर्षपछि चहल र धनश्रीको सम्बन्ध विच्छेद, चर्चा टिसर्टको

एजेन्सी : चार वर्षको वैवाहिक जीवनपछि क्रिकेटर युजवेन्द्र चहल र धनश्री वर्माको बिहीबार सम्बन्ध विच्छेद भएको छ।
मुम्बईको पारिवारिक अदालतले बिहीबार यसलाई अनुमोदन गरेको छ। दुवै जना साढे दुई वर्षदेखि छुट्टाछुट्टै बस्दै आएका थिए। उनीहरूले ११ डिसेम्बर २०२० मा विवाह गरे।
चहलका वकिल नितिन कुमार गुप्ताले भने, ‘पारिवारिक अदालतले दुवै पक्षको संयुक्त निवेदन स्वीकार गरेको छ। अब उनीहरू दुवै पति-पत्नी रहेनन्।’
फैसला सुनाइँदा चहल र धनश्री अदालतमा उपस्थित थिए। एक दिनअघि, बम्बई उच्च अदालतले चहलको निवेदनमा मार्च २० मा फैसला सुनाउन पारिवारिक अदालतलाई आदेश दिएको थियो।
न्यायाधीश माधव जमदारको एकल इजलासले भनेको थियो, ‘चहल मार्च २१ देखि उपलब्ध हुने छैनन्, किनकि उनले आईपीएलमा भाग लिनुपर्नेछ।’
चहलका वकिलले अदालतलाई बताए कि दुवैबीच ४.७५ करोड रुपैयाँमा सम्झौता भएको छ। चहलले धनश्रीलाई पहिले नै २.३७ करोड रुपैयाँ दिइसकेका छन्।
चहल र धनश्री लगभग एक घण्टा अदालतमा बसे। दुवै जनाले अनुहारमा मास्क लगाएका थिए। धनश्रीले सेतो टप, नीलो जिन्स र कालो चस्मा पनि लगाएकी थिइन्।
चहलको टि-शर्टमा ‘BE YOUR OWN SUGAR DADDY’ लेखिएको थियो, जसको अर्थ ‘पैसाकाे लागि अरू कसैमा निर्भर नहुनुहोस्’ भन्ने हुन्छ। अहिले उनको यो तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
दुवै जनाले मिडियासँग कुरा गरेनन्।
चैत ८, २०८१ शुक्रबार १३:३६:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।