इजरायली सुरक्षा सेवा प्रमुखलाई बर्खास्त गर्ने नेतान्याहुको निर्णय

इजरायली सुरक्षा सेवा प्रमुखलाई बर्खास्त गर्ने नेतान्याहुको निर्णय

एजेन्सी : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अक्टोबर ७, २०२३ मा हमासको आक्रमणको भविष्यवाणी गर्न असफल भएकोमा देशको सुरक्षा सेवा प्रमुखलाई बर्खास्त गरेका छन्।

इजरायली मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले रोनेन बारलाई अवकाश लिनुअघि बर्खास्त गर्ने औपचारिक निर्णयलाई अनुमोदन गरेको छ।

रोनेन बारलाई अक्टोबर २०२१ मा पाँच वर्षको कार्यकालका लागि शिन बेटको प्रमुखको रूपमा नियुक्त गरिएको थियो।

गत आइतबार, नेतान्याहूले एक भिडियो वक्तव्य मार्फत रोनेन बारलाई बर्खास्त गर्ने आफ्नो मनसाय घोषणा गरे। उनले दुई बीचको ‘निरन्तर अविश्वास’लाई उद्धृत गर्दै यो समयसँगै ‘बढेको’ समेत बताएका छन्।

नेतान्याहूको यो कदमले इजरायलका मानिसहरूमा आक्रोशित बनेका छन्। उनीहरू यरूशलेममा सरकार विरोधी प्रदर्शन गर्न जम्मा भएका छन्।

यसका अलावा हजारौं इजरायलीहरूले गाजामा इजरायलको नयाँ आक्रमणको विरुद्धमा प्रदर्शन जारी राखेका छन्।

चैत ८, २०८१ शुक्रबार १३:१३:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।