लन्डनको हिथ्रो विमानस्थल २४ घण्टा बन्द

एजेन्सी : लन्डनको हिथ्रो विमानस्थल शुक्रबार दिनभरि बन्द रहनेछ।
विमानस्थल नजिकैको विद्युतीय सबस्टेशनमा भीषण आगलागी भएपछि विमानस्थल आज दिनभर बन्द रहने विमानस्थलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
आगलागीका कारण विमानस्थलमा ‘ठूलो मात्रामा विद्युत आपूर्ति अवरुद्ध’ भएको उल्लेख छ।
विज्ञप्तिमा थप भनिएको छ, ‘हाम्रा यात्रु र सहकर्मीहरूको सुरक्षा कायम राख्न, हिथ्रो २१ मार्चको राति २३:५९ बजेसम्म बन्द रहनेछ।’
‘यात्रुहरूलाई विमानस्थल नजान र थप जानकारीको लागि आफ्नो एयरलाइन्सलाई सम्पर्क गर्न सल्लाह दिइन्छ। असुविधाको लागि हामी क्षमा चाहन्छौं।’
हिथ्रो बेलायतको सबैभन्दा ठूलो विमानस्थल हो, जहाँ हरेक दिन लगभग १,३०० विमान अवतरण र उडान भर्छन्।
चैत ८, २०८१ शुक्रबार १२:२५:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।