पद्मकन्यामा 'स्वतन्त्र' समूहका उम्मेदवार विजयी, नेविसंघका आधिकारिक हेरेको हेर्यै

पद्मकन्यामा 'स्वतन्त्र' समूहका उम्मेदवार विजयी, नेविसंघका आधिकारिक हेरेको हेर्यै

काठमाडौं : बागबजारको पद्मकन्या (पीके) क्याम्पसको  स्ववियु निर्वाचनमा स्वतन्त्र समूह निर्वाचित भएको छ।

नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेविसङ्घका आधिकारिक उम्मेदवारलाई पराजित गर्दै अध्यक्ष, सचिव र कोषाध्यक्षसहितको पदमा स्वतन्त्र समूह निर्वाचित भएको हो।

टिकटको विषयमा विवाद भएपछि नेविसंघकै एक समूहले स्वतन्त्र उम्मेदवारी दिएका थिए। अध्यक्षमा स्वतन्त्र उम्मेदवार भूपेश्वरी ऐर ‘भूपी’ विजयी भइन्। उनले ७ सय ३० मत ल्याउँदा नेविसंघकी उम्मेदवार पूर्णिमाया परियारले ३ सय ७९ मत ल्याइन्।

सचिव पदमा सन्ध्या बस्याल  र कोषाध्यक्षमा सङ्कल्पिका थापा विजयी भए। यी दुवै स्वतन्त्र उम्मेदवार हुन्। उनीहरूले नेविसङ्घका उम्मेदवार बिपना न्यौपाने र चाँदनी शाहलाई पराजित गरे।

सदस्यहरूमा पनि सबै स्वतन्त्र उम्मेदवारहरूले नै जितेका छन्।  प्रारम्भमै विवाद भएकाले पद्मकन्यामा बिहीबार मतदान भएको थियो। 

चैत ८, २०८१ शुक्रबार ०८:४५:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।