मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं : हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी र मधेश प्रदेशलगायत मुुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, लुम्बिनी, मधेश प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने छ भने बाँकी भागमा मौसम सफा रहनेछ।

कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।

साथै उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपात हुनसक्नेछ।

त्यसैगरी आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा पनि आंशिक बदली हुनेछ।

कोशी, मधेश, गण्डकी  र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक दुई स्थानमा  मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना  छ।

देशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ।

चैत ८, २०८१ शुक्रबार ०७:२६:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।