किष्ट अस्पतालमा मुख स्वास्थ्यको एक वर्षे कार्यक्रम सुरु

काठमाडौं: ललितपुरस्थित किष्ट मेडिकल तथा शिक्षण अस्पतालले विश्व मुख स्वास्थ्य दिवसको अवसरमा ‘सुर्तीजन्य पदार्थ (तम्बाकू) नियन्त्रण’को पहल स्वरूप एक वर्षे अभियान सुरु गरेको छ।
अस्पतालले ‘अंकोलोजी’, ‘डेन्टल’ र ‘साइक्याट्री’ विभागले संयुक्त रूपमा मुख स्वास्थ्य सम्बन्धी ‘तमाखु परित्याग क्लिनिक’, ‘विश्वविद्यालयस्तरीय सचेतना कार्यक्रम’, ‘स्थानीय समुदायमा स्वास्थ्य शिविर’, ‘र्याली’, ‘फ्याल्यासमोब’ र नाटकमार्फत जनचेतनाजस्ता कार्यक्रम गर्ने जनाएको छ।
यो अभियानको सुरुवातिसँगैं अस्पतालले चैत सातदेखि २०८२ वैशाख सात एक महिनासम्म ‘मुख स्वास्थ्य महिना’को रूपमा मनाउने र यो अवधिमा दाँतसम्बन्धी उपचारमा ५० प्रतिशतसम्म छुट समेत दिने भएको छ।
अस्पतालले ‘से नट टु स्मोक, से एस टु लाइफ’ भन्ने नाराकासाथ तमाखु नियन्त्रण, मुख तथा दन्त स्वास्थ्य सुधार र मुख स्वास्थ्य सम्बन्धी जनचेतना वृद्धिमा योगदान पुर्याउने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको जनाएको छ। अस्पतालले सुरु गरेको यो अभियान अन्तर्गत एक वर्षसम्म निःशुल्क तथा विशेष छुट सहित कार्यक्रम गर्ने जनाएको छ।
चैत ७, २०८१ बिहीबार २०:३१:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।