नक्कली उजुरीमा बार्गेनिङ गर्दै घुस लिएको आरोपमा पोखरा महानगरका अधिकृत पक्राउ

पोखरा : पोखरा महानगरपालिकाका अधिकृत कपिल गिरी २५ हजार रुपैंयासहित पक्राउ परेका छन्। सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार दिउँसो उनलाई न्युरोडबाट नियन्त्रणमा लिएको हो।
उनी पोखरा महानगरपालिकामा अख्तियारसम्बन्धी उजुरीको जवाफ दिने शाखाका कर्मचारी हुन्। गिरीले विभिन्न व्यक्तिको नाममा कृत्रिम उजुरी तयार गरी तिनलाई सम्पर्क गरेर मिलाउन रकम माग्ने गरेको सूचनाको आधारमा अख्तियारले उनलाई निगरानीमा राखेको थियो।
अख्तियारले अनुसार उनले एक लाख रुपैयाँ मागेको सूचनाका आधारमा निगरानी गर्दा २५ हजार रुपैयाँसहित पक्राउ गरेको जानकारी दियो।
चैत ७, २०८१ बिहीबार २०:१५:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।