गणतन्त्रको पक्षमा एमाले पनि जन प्रदर्शनमा

गणतन्त्रको पक्षमा एमाले पनि जन प्रदर्शनमा
फाइल तस्बिर

 

काठमाडौं : सरकारको नेतृत्वमा रहेको एमालेले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न भन्दै पुन सडक प्रदर्शनमा उत्रिने भएको छ। प्रतिपक्षी दलहरूको ‘समाजवादी मोर्चा’ ले समेत विरोध प्रदर्शनको घोषणा गरेका छन्। एमालेले देशव्यापी जनसचेतना अभियानको घोषणा गरेको हो।

एमालेले मुलुकमा भइरहेका कथित प्रतिगामी हर्कतविरुद्ध जनतालाई सचेत पार्न भन्दै चैत ११ गते एकै दिन सबै वडामा सचेतना कार्यक्रम गर्ने घोषणा गरेको छ।

अहिले एमाले तीन महिने वडा केन्द्रित अभियानमा छ। यसैलाई थप प्रभावकारी बनाउन भन्दै उसले चैत ११ देखि ३० सम्म सबै प्रदेश र जिल्लामा जनपरिचालन तथा जनसचेतना कार्यक्रम आयोजना गर्ने घोषणा गरेको हो।

सार्वजनिक भएको कार्यक्रममा चैत १८ मा धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगन्ज, र दमकमा मोटरसाइकल र्याली तथा जिल्लास्तरीय जागरण सभा रहेको छ। चैत २४–३० सम्म बागमती बाहेकका सबै प्रदेशमा विशेष प्रदर्शन र जनसभा राखेको छ।

चैत ७, २०८१ बिहीबार १८:३५:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।