हमासको बन्धक रहेका विपिनको रिहाइका लागि टर्कीका राष्ट्रपतिसँग संवाद, पहलका लागि प्रधानमन्त्रीले गरे अनुरोध

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले टर्कीका राष्ट्रपति रेकेप तय्यिप इर्डागनसँग टेलिफोन संवाद गर्दै हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइको थप पहल गर्न अनुरोध गरेका छन्।
प्रधानमन्त्री ओलीले बिहीबार उनीसँग टेलिफोन संवाद गरेका हुन्। हमास र इजरायलबीचको सहमतिमा दुबैतर्फ बन्धक रहेकाहरु निरन्तर रिहा भए पनि हालसम्म जोशी भने रिहा हुन सकेका छैनन्।
हमासले इजरायलमा एक्कासि आक्रमण गरी त्यहाँ रहेकाहरूको अपहरण गरेको थियो। त्यसमा नेपाली नागरिक जोशी समेत परेका थिए। जोशीका लागि प्रधानमन्त्री र परराष्ट्रमन्त्रीतहबाट समेत विभिन्न देशका प्रधानमन्त्री, राष्ट्रपति र मन्त्रीहरूसँग संवाद भए पनि अहिलेसम्म सफल भएको छैन।
चैत ७, २०८१ बिहीबार १८:२३:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।