रोकिएन नेप्सेको ओरालो यात्रा, पहिलो दिन २७१४.८५ बाट खुलेको बजार अन्तिम दिन २६६९.३१ मा खस्यो

रोकिएन नेप्सेको ओरालो यात्रा, पहिलो दिन २७१४.८५ बाट खुलेको बजार अन्तिम दिन २६६९.३१ मा खस्यो

काठमाडौं : साताको अन्तिम कारोबारको दिन बिहीबार पनि सेयर बजार ओरालो लाग्ने क्रम रोकिएन। साताको पहिलो दिनको कारोबारबाटै परिसूचक निरन्तर ओरालो लागिरहेको थियो। बिहीबार नेप्से १२.३८ अङ्क घटेर बजार बन्द भएर नेप्से २६६९ अङ्कमा रोकियो।

बजारको परिसूचकसँगै कारोबार रकम पनि घट्यो। अघिल्लो दिन ५ अर्ब १४ करोडको कारोबार भएकोमा बिहीबार ४ अर्ब ५६ करोडको मात्र कारोबार भयो।

बिहीबार कारोबार भएकामध्ये ६२ कम्पनीको मूल्य बढ्यो, १ सय ७५ को घट्यो। ७ वटा कम्पनीको मूल्य स्थिर रह्यो।

बिहीबार व्यापार सेक्टर मात्रै बढेको छ। सो सेक्टर ०.२६ प्रतिशत बढ्यो। फाइनान्स सेक्टर सबैभन्दा धेरै १.२६ प्रतिशत घट्यो। बैङ्किङ ०.४८, विकास बैंक ०.१८, होटेल तथा पर्यटन ०.४८, हाइड्रोपावर ०.६९, लगानी ०.२२, जीवन बीमा ०.०४, उत्पादन ०.७०, माइक्रोफाइनान्स ०.६६, निर्जीवन बीमा ०.८९ तथा अन्य ०.५९ प्रतिशत घटे।

दोल्ती पावरको मूल्य सबैभन्दा धेरै ७.५ प्रतिशतले बढ्यो। एसियन हाइड्रोपावरको ५.४, सिन्धु विकास बैंकको ४.९, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ४.४ तथा स्वेतगंगा हाइड्रोपावरको ४.२ प्रतिशत बढ्यो।

मिथिला लघुवित्त र भूगोल इनर्जीको मूल्य १० प्रतिशत घट्यो। कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, सिन्धु विकास बैंक, युनाइटेड मोदी हाइड्रोपावर र घलेम्दी हाइड्रोपावर क्रमशः अगाडि रहे।

यो साताको बजार २७ सय माथि नै खुलेको थियो। २७१४.८५ बाट बजार खुलेकोमा निरन्तर ओरालो लाग्यो। २७०४.७०, २६९७.०४, २६८२.१६ हुँदै बिहीबार २६६९.३१ मा आएर बजार बन्द भयो।।

चैत ७, २०८१ बिहीबार १६:०९:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।