लिपुलेक लिम्पियाधुरा पुग्ने ४३ किलोमिटरमध्ये १२ किलोमिटर ट्याक खुल्यो

लिपुलेक लिम्पियाधुरा पुग्ने ४३ किलोमिटरमध्ये १२ किलोमिटर ट्याक खुल्यो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक लिम्पियाधुरा क्षेत्रमा सडक पूर्वाधार पुर्याउन महाकाली कोरिडोरमार्फत पूर्वाधारको काम भइरहेको बताए।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको क्रममा सांसद  विनीता कठायतको प्रश्नको जवाफ दिँदै उनले ब्रह्मदेव–झुलाघाट–दार्चुला–टिङ्कर सडकका लागि दार्चुलादेखि तुषारपानीसम्म ४३ किलोमिटर सडकखण्ड निर्माण भइरहेको बताए।

ओलीले तुषारपानीदेखि टिङ्कर नाकासम्म करिब ७९ किलोमिटर सडकमा नेपाली सेनामार्फत काम भइरहेको र हालसम्म करिब १२ किलोमिटर ‘ट्र्याक’ खन्ने काम सम्पन्न भए बताए

चैत ७, २०८१ बिहीबार १५:४४:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।