लिम्पियाधुरा र लिपुलेक कहिले जाने?, ओलीको जवाफ-‘तत्काल योजना छैन’

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको चुच्चेनक्सामा समेटिएको लिपुलेक, लिम्पियाराधुरा र कालापानी भ्रमणमा कहिले जाने भनेर प्रश्न गरेका छन्।
सांसदहरूसँगको प्रश्नोत्तरको कार्यक्रममा सांसद तामाङले प्रधानमन्त्रीलाई यसबारे प्रश्न गरेका हुन्। जसको जवाफमा प्रधानमन्त्री ओलीले अहिले त्यहाँ जाने कुनै कार्यक्रम नरहेको बताए।
‘त्यस क्षेत्रमा भ्रमणका कहिले जानुहुन्छ भन्ने प्रश्न राख्नुभएको छ, अहिले तत्काल योजना बनेको छैन। पछि जान सकिन्छ,’ उनले भने, ‘माननीयज्यूको योजना बनेको छ कि क्या हो, बनको छ भने राम्रो कुरा हो।’
ई.सं. १९६२ सालसम्म उक्त भूभाग नेपालकै अधिनमा रहेको र नक्सा पनि सोही अनुसार भएको भन्दै उनले त्यसपछि पञ्चायती व्यवस्था रहेको समेत स्मरण गराए।
ईपीजीको प्रतिवेदन नेपाली प्रधानमन्त्रीले नबुझ्ने अवस्था नभएको भन्दै ओलीले उक्त प्रतिवेदनमा पहिला भारतका प्रधानमन्त्रीलाई बुझाएपछि मात्र नेपालका प्रधानमन्त्रीलाई बुझाउने प्रावधान रहेको बताए।
चैत ७, २०८१ बिहीबार १३:४८:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।