‘मूल्यवृद्धि कहिले नियन्त्रण हुन्छ?’, प्रधानमन्त्रीको जवाफ- ‘दुनियाँमा सबैतिर महंगी बढ्दै जान्छ’

‘मूल्यवृद्धि कहिले नियन्त्रण हुन्छ?’, प्रधानमन्त्रीको जवाफ- ‘दुनियाँमा सबैतिर महंगी बढ्दै जान्छ’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले दुनियाँमा सबैतिर महंगी बढ्दै जाने बताएका छन्।

बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसद बिन्दबासिनी कंशाकारले उठाएको ‘मूल्यवृद्धि कहिले नियन्त्रण हुन्छ?’ भन्ने प्रश्नको जवाफमा उनले यस्तो जवाफ दिएका हुन्।

‘दुनियाँमा सबैतिर महंगी बढ्दै जान्छ। यथास्थितिमा सबै कुरा कहिल्यै बसिरहँदैन,’ उनले भने, ‘यद्यपि अस्वभाविक ढंगको मूल्यवृद्धि हुनुहुँदैन, त्यसलाई सरकारले रोक्छ।’

मूल्यवृद्धि भयावह अवस्था छ भन्न नसकिने उनको भनाइ छ।

चैत ७, २०८१ बिहीबार १३:०६:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।