सचेत नागरिकले बालबालिकाको मस्तिस्कमा नकारात्मक धारणा भर्दैनन् : ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सचेत नागरिकले आफ्ना बालबच्चाको मस्तिस्कमा देशको बारेमा नकारात्मक धारणा नभर्ने बताएका छन्।
बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले नकारात्मक सोचको फैलावटले देशलाई नराम्रो भन्नेहरू बढिरहेको बताए।
उनले भने, ‘व्यवस्था परिवर्तन भयो अवस्था परिवर्तन भएन, देशमा बस्नु गौरवको विषय होइन, यो देशमा केही हुँदैन जस्ता नकारात्मक भाष्य सचेत नागरिकले बच्चाहरूको दिमागमा भर्दैन।’
उनले देशमा भइरहेका सकारात्मक कामको प्रचार गर्न समेत नागरिकलाई आग्रह गरे। साथै देशमा विकास निर्माण र यहाँका शैक्षिक संस्था समेत उत्कृष्ट रहेको बताए।
चैत ७, २०८१ बिहीबार १२:५२:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।