‘राजाको स्वागत गर्दा त मुटु हल्लियो, तपाईंहरुविरुद्ध आन्दोलन गरे के होला?’

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले फागुन २५ गतेको पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत समारोह कसैका विरुद्ध नगरिएको बताएका छन्।
बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसद शाहीले कसैका विरुद्धमा आन्दोलन गर्नुपर्ने अवस्था अहिलेको भन्दा जटिल हुने चेतावनी दिए।
‘फागनु २५ राजालाई नेपाली जनताले राष्ट्रिय झण्डामा स्वागत गरेको हो। कसैका विरुद्धको आन्दोलन होइन,’ उनले भने, ‘स्वागत गर्दाखेरी त मुटु हल्लियो, कलेजो थर्कियो, धर्ती फाट्यो, आकाश फुट्यो भने तपाईंहरुका विरुद्ध आन्दोलन गर्नुपर्यो भने हालत के हुन्छ? यो कुरा हेक्का गरेर संसदमा कुरा उठाइयोस्?’
गइसकेको राजा फर्किँदैनन् भन्नेले अस्तु पनि नभेटिने मार्क्स, लेलिन र माओ कसरी फर्कन्छन् भन्दै उनले जनतालाई उल्लु बनाउन छोड्न आग्रह गरेका छन्। नेपाल विविधतासहितको एकताको देश भएको भन्दै राजासहितको प्रजातन्त्र आजको आवश्यकता भएको बताए।
चैत ७, २०८१ बिहीबार १२:३९:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।