प्रधानमन्त्रीको पार्टी कार्यालय बनाइदिने दातालाई संरक्षण नगरियोस्

प्रधानमन्त्रीको पार्टी कार्यालय बनाइदिने दातालाई संरक्षण नगरियोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले चीनबाट सात सयभन्दा भेप ल्याउने भाटभटेनी सुपरमार्केटलाई संरक्षण नगर्न आग्रह गरेका छन्।

बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसद् झाले सिन्धुपाल्चोक सात सयभन्दा वटा भेपसहित समातिएको ट्रक भाटभटेनी सुपरमार्केटको भएको खुलिससकेको भन्दै संरक्षण नगर्न आग्रह गरको हुन्।

उनले भने, ‘प्रधानमन्त्रीज्यूको पार्टीको पार्टी कार्यालय बनाउने दाता भएकाले संरक्षण नगरियोस्।’

एमालेको पार्टी कार्यालय बनाउन भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले जग्गा दिएका थिए भने सोही जग्गामा एक अर्बभन्दा बढीको भवन बनाइदिने भनिएको छ।

चैत ७, २०८१ बिहीबार १२:१०:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।