दिपक र अनिताको घर डोजर लगाएर भत्काएपछि सांसदहरुद्वारा कारबाहीको माग

दिपक र अनिताको घर डोजर लगाएर भत्काएपछि सांसदहरुद्वारा कारबाहीको माग

काठमाडौं : प्रतिनिधि सभाका सदस्यहरूले सिरहाको औरही-५ मा दीपक मलिक (डोम) र अनिता मलिक डोमको घर भत्काएर महायज्ञको तयारी गर्न लागेकोमा प्रश्न उठाएका छन्।

बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसदहरु जीवन परियार, अब्दुल खान, मनिष झा, अमरेश कुमार सिंह, सम्झना थपलिया लगायतले दीपक र अनिताको घर मन्दिरछेउबाट हटाएर गाउँपालिका अध्यक्ष सिद्धी यादव, आयोजक बजरंगी बाबा र पूर्व वडाध्यक्ष दिलिप यादवले गाउँभन्दा पाँच सय मिटर पर एकान्तमा राखिएकोमा सरकारको ध्यानाकर्षण गराएका छन्।

उनीहरूले दलितको घर भत्काएर महायज्ञको तयारी गरिएकोमा घोर भर्त्सना गर्दै गाउँपालिका अध्यक्ष सहित आयोजक र पूववडाध्यक्षलाई कारबाहीको माग गरेका छन्।

पीडित दीपक र अनिता गाउँपालिकाको सरसफाइ कर्मचारी भएर काम गरिरहेको र उजुरी गरे पालिकाको कामबाटै निकालिदिने भएकाले उजुरी समेत गर्न नसकेको सांसदहरूको भनाइ छ।

महायज्ञको तयारीका लागि भन्दै स्थानीय अगुवाले दीपक र अनिताको घर डोजर लगाएर भत्काइदिएका थिए।

चैत ७, २०८१ बिहीबार १२:०१:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।