क्यानडाका चार नागरिकलाई चीनमा मृत्युदण्डको सजाय

एजेन्सी : चीनले चार क्यानेडियालीहरूलाई मृत्युदण्डको सजाय सुनाएको छ।
लागूऔषध सम्बन्धी आरोपमा उनीहरूलाई चीनमा मृत्युदण्डको सजाय सुनाइएको क्यानेडाली अधिकारीहरूले पुष्टि गरेका छन्।
मृत्युदण्ड दिइएका ती सबैसँग दोहोरो नागरिकता थियो।
उनीहरूको परिवारको अनुरोधमा उनीहरूको पहिचान गोप्य राखिएको क्यानडाका विदेशमन्त्री मेलानी जोलीले बुधबार पत्रकारहरूलाई बताइन्।
विदेशमन्त्रीले यसलाई आधारभूत मानवीय मर्यादाको अपमानको रूपमा निन्दा गर्दै आफूले व्यक्तिगत रूपमा दयाको लागि अपीलको बताइन्।
क्यानडास्थित चिनियाँ दूतावासका प्रवक्ताले क्यानाडाली नागरिकहरूले गरेका अपराधहरूको प्रमाण ठोस र पर्याप्त रहेको भन्दै क्यानडालाई ‘गैरजिम्मेवार टिप्पणी गर्न बन्द गर्न’ समेत आग्रह गरेको छ।
चिनियाँ दूतावासले बेइजिङले ‘सम्बन्धित क्यानेडियाली नागरिकहरूको अधिकार र हितको पूर्ण ग्यारेन्टी’ गरेको पनि बताएको छ।
चिनियाँ प्रवक्ताले क्यानडा सरकारलाई ‘चीनको न्यायिक सार्वभौमसत्ता’को सम्मान गर्न पनि आग्रह गरे।
चैत ७, २०८१ बिहीबार ११:०३:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।