सिद्धार्थ बैंकका ग्राहकलाई एलकेएस डेन्टलमा छुट

सिद्धार्थ बैंकका ग्राहकलाई एलकेएस डेन्टलमा छुट

काठमाडौं : सिद्धार्थ बैंक र एलकेएस डेन्टल सोलुसन्सबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट उपलब्ध गराउने सम्झौता भएको छ।

सम्झौताअनुसार ग्राहकले काठमाडौंको बिजुलीबजारस्थित उक्त डेन्टलमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा दाँतसम्बन्धी सेवामा १० प्रतिशतसम्म छुट पाउनेछन्।

यस सुविधाले ग्राहकलाई नगदबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको जनाएको छ।

चैत ७, २०८१ बिहीबार १०:३५:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।