ट्रम्पसँगको लामो कुराकानीपछि जेलेन्स्कीले के भने?

ट्रम्पसँगको लामो कुराकानीपछि जेलेन्स्कीले के भने?

एजेन्सी : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको कुराकानीपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग लामो फोन वार्ता गरेका छन्।

वार्तापछि राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा वार्ताको उद्देश्य युक्रेन र रुसलाई ‘उनीहरूको अनुरोध र आवश्यकता अनुसार’ एकसाथ ल्याउनु हो भएको बताए। साथै उनले युद्धविराम प्रयासहरू सही दिशामा अघि बढिरहेको समेत दाबी गरे।

उता जेलेन्स्कीले ट्रम्पसँगको आफ्नो कुराकानीलाई सकारात्मक, खुला र धेरै गहिरो भनेर बताएका छन्।

‘हामी विश्वास गर्छौं कि यस वर्ष संयुक्त राज्य अमेरिका र राष्ट्रपति ट्रम्पको साथमा दिगो शान्ति प्राप्त गर्न सकिन्छ’, जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन्।

बुधबार एक अनलाइन ब्रिफिङमा बोल्दै, जेलेन्स्कीले रूसी-कब्जामा रहेको जापोरिज्जिया पावर प्लान्टको सम्भावित अमेरिकी स्वामित्वको बारेमा छलफल गरेको बताए।

साथै, जेलेन्स्कीले रूसले युद्धविरामका शर्तहरू उल्लङ्घन गरेमा युक्रेनले बदला लिने समेत चेतावनी दिए।

‘मलाई लाग्छ जबसम्म हामी (रूससँग) सहमत हुँदैनौं, आंशिक युद्धविरामको दस्तावेज पनि हुँदैन, मलाई लाग्छ सबै कुरा जारी रहनेछ’, उनले ड्रोन र मिसाइलहरूको सन्दर्भमा भने।

चैत ७, २०८१ बिहीबार ०८:०६:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।