धोकाको बदलामा प्रेमिकाको ‘प्रेमी’लाई अश्लील मेसेज, प्रेमिकाको नग्न तस्बिरको दुरुपयोग

काठमाडौं : विद्यालय पढ्दादेखि नै प्रेम सम्बन्धमा रहेका एक युवक प्रेमिकासँगको सम्बन्ध बिग्रिएपछि साइबर अपराधमा फसेका छन्। कक्षा ९ मा सुरु भएको प्रेम वर्षौँपछि टुटेको थियो, तर फेरि पुनर्मिलन भएपछि सम्बन्ध झन् जटिल मोडमा पुग्यो।
एसइइपछि अलग भएका उनीहरूको भेट काठमाडौँमा भएसँगै पुन सम्बन्ध जोडियो। भिडियो च्याटमा नग्न तस्बिर पठाए। पछि ती युवकले युवतीको कार्यालयमै रहेका अर्का युवासँग प्रेम सम्बन्ध रहेको शङ्का गर्न थाले। अश्लील मेसेज र युवतीको तस्बिर पठाए। अहिले उनी विरुद्ध काठमाडौँ जिल्ला अदालतमा साइबर अपराधको मुद्दा दायर भयो।
अछामका भुवन बजगाईँको घटना हो यो। उनी र उनकी प्रेमिका कक्षा ९ मा पढ्दा पहिलो पटक नजिकिएका थिए। उनीहरूको सम्बन्ध गहिरो हुँदै गयो। तर एसइइपछि उनीहरू फरक ठाउँमा पढ्न गए। दुवै टाढिए। केही वर्षपछि काठमाडौँमा दुवैको भेट भएपछि उनीहरू फेरि नजिकिए।
तर, प्रेमिकाको कार्यालयमा कार्यरत अर्का युवासँग पनि प्रेम सम्बन्ध रहेको शङ्का गर्दै भुवनले अनियन्त्रित कदम उठाए। सामाजिक सञ्जालमार्फत उनले प्रेमिकाका निजी तस्वीरहरूसहित अश्लील सन्देशहरू प्रेमिकाका साथीहरूलाई पठाउन थाले।
प्रहरी अनुसन्धान अनुसार, भुवनले विभिन्न जीमेल खाताहरू र फेसबुक प्रोफाइल प्रयोग गरी प्रेमिकाका साथीहरूलाई अपमानजनक सन्देश पठाए। धम्कीपूर्ण सन्देशहरू पठाए। अन्तमा उनको प्रेमिकाले प्रहरीको साइबर ब्युरोमा उजुरी दिइन्। उनी पक्राउ परे। भुवनविरुद्ध अदालतमा मुद्दा दायर भयो।
अपराध प्रमाणित भएमा अधिकतम पाँच वर्ष कैद वा एक लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्छ।
चैत ६, २०८१ बुधबार २३:३०:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।