राजावादी अभियानमा नाम जोडेपछि सेनाले भन्यो ‘संविधानले तोकेको जिम्मेवारी पूरा गर्न तत्पर’

काठमाडौँ : राजावादीहरूले आफ्नो अभियानमा नेपाली सेनालाई जोड्न थालेपछि सेनाले विज्ञप्ति निकालेर संविधान प्रदत्त जिम्मेवारी पूरा गर्न सदैव कटिबद्ध रहेको बताएको छ।
बिहीबार जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति जारी गर्दै नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताका लागि संविधानले तोकेको जिम्मेवारी पूरा गर्न तत्पर रहेको उल्लेख गरेको छ।
विगत केही दिनयता विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत नेपाली सेनालाई जोडेर विभिन्न टीका टिप्पणी र विश्लेषणहरू सम्प्रेषण भएको भन्दै सेनासम्बन्धी जानकारी लिन जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरू सम्प्रेषण गर्न अनुरोध गरेको छ।
चैत ६, २०८१ बुधबार २३:०६:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।