सामुदायिक वनमा डढेलो लगाएको आरोपमा पक्राउ

रामेछाप : रामेछापमा सामुदायिक वनमा आगो लगाएको आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ।
गत सोमबार साँझ रामेछाप नगरपालिका–२ देउरालीको सिरुवारी स्थित भिरपाखामा आगो लगाइरहेको अवस्थामा सोही स्थानका ७२ वर्षीय हरिबहादुर मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्स्पेक्टर कौशल न्यौपानेको अनुसार मगरलाई अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय रामेछापमा पठाइएको छ।
जिल्लाका सामुदायिक वनमा आगो लगाउने क्रम सुरु भएपछि प्रहरीले निगरानी बढाएको छ। सोही क्रममा दोरम्बा सैलुङ गाउँपालिका–३ टोकरपुरबाट पनि प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो।
चैत ६, २०८१ बुधबार २१:२६:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।