चौधरी फाउन्डेसनको सहयोगमा प्रतापपुरमा ब्युँतियो खानेपानीको योजना

नवलपरासी : चौधरी फाउन्डेसनले पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा खानेपानी आयोजनाको स्तरोन्नति गरेको छ। फाउन्डेसनले प्रतापपुरको वार्ड न ९ मा पर्ने प्रतापपुर गाउँमा करिब १३ वर्षदेखि जीर्ण अवस्थामा रहेको खानेपानी आयोजनाको स्तरोन्नति गरेर पुन सञ्चालनमा ल्याएको हो।
बुधवार प्रतिनिधिसभा सदस्य विनोद चौधरीले आयोजनाको उद्घाटन गरेका थिए। उनले शुद्ध पानी पिउन पाउनुपर्ने नागरिकको अधिकार भएकाले अन्य स्थानमा पनि पानी सम्बन्धी काम गर्ने बताए।
शुद्ध खानेपानीको अभावमा प्रतापपुरका स्थानीय अत्यधिक आर्सेनिकयुक्त खानेपानी पिउन बाध्य छन्। खानेपानी आयोजना रहे पनि सो जिर्ण हुँदा बन्द भएको थियो।
प्रतापपुर गाउँपालिको सहकार्यमा चौधरी फाउन्डेसनको आयोजना पुन सञ्चालनका लागि आर्थिक सहयोग गरेको थियो।
चैत ६, २०८१ बुधबार २०:१४:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।