बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक राष्ट्रिय सभामा पारित

बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक राष्ट्रिय सभामा पारित

काठमाडौं : राष्ट्रियसभाले प्रतिनिधिसभाबाट आएको बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ पारित गरेको छ। राष्ट्रियसभाको बुधवारको बैठकले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित विधेयक पारित गरेको हो।

राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ र सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशहरू सभासमक्ष टेबुल गरेका थिए।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा सभामा जानकारी गराएका थिए। राष्ट्रियसभाको अर्को बैठक चैत ८ गते ११ बजे बस्ने भएको छ ।

चैत ६, २०८१ बुधबार २०:०७:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।