गगन थापाको दाबी ‘कांग्रेसले भ्रष्टाचार गर्न सक्दैन’

तनहुँ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकमा उत्पन्न असन्तुष्टि र बेचैनीको समाधान कांग्रेसले गर्ने दाबी गरे। नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. १ तनहुँद्वारा दमौलीमा आयोजित दोस्रो क्षेत्रीय सम्मेलनमा महामन्त्री थापाले आमनागरिकका समस्या समाधान गर्न कांग्रेस सधैँ अग्रसर रहेको दाबी गरे।
उनले भने ‘आमनागरिकको असन्तुष्टि र बेचैनीको आगो निभाउने काम कांग्रेसले गर्छ। जुनसुकै पार्टीका भए पनि नागरिकका समस्या समाधान गर्ने जिम्मेवारी सबैभन्दा ठूलो पार्टीकै हो, त्यसका लागि हामी प्रतिबद्ध छौँ।’
थापाले पार्टीमाथि भ्रष्टाचारको आरोप लाग्ने विषयमा स्पष्ट पार्दै भने, ‘पार्टी कुनै व्यक्ति होइन, संस्थागत रूपमा कांग्रेसले भ्रष्टाचार गर्न सक्दैन। तर, सार्वजनिक पदमा रहेका व्यक्तिले भ्रष्टाचार गरे सजायको भागीदार बन्नुपर्छ।’
चैत ६, २०८१ बुधबार १९:३२:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।