कालीगण्डकी करिडोर: बेनी-जोमसोम–कोरला खण्डको ८५% काम सकियो

कालीगण्डकी करिडोर: बेनी-जोमसोम–कोरला खण्डको ८५% काम सकियो

मुस्ताङ : उत्तर-दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत कालिगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला खण्डको ८५ प्रतिशत काम सम्पन्न भएको छ।

चालु आर्थिक वर्षमा थपिएका नौ आयोजना बाहेक, समग्र भौतिक प्रगति ८५ प्रतिशत पुगेको हो। बेनी-जोमसोम-कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईँका अनुसार सडक स्तरोन्नतितर्फ ८५ प्रतिशत र पुलपुलेसातर्फ ८४ प्रतिशत काम सम्पन्न भइसकेको छ।

२०७३/७४ देखि सुरु भएको यो राष्ट्रिय गौरवको आयोजना उत्तरतर्फ कोरला नाका जोड्ने महत्त्वपूर्ण सडकमध्ये एक हो। चापागाईँका अनुसार बेनी-कालीपुल,बेनी-गलेश्वर, तातोपानी-कैकु, कैकु-कोवाङ र जोमसोम-कागबेनीसम्म कालोपत्रे भइसकेको छ।

६ वटा खण्डमा ग्राभेल कार्य सम्पन्न भएको छ भने चराङ-छोसेर २५ किलोमिटर अन्तिम चरणमा पुगेको छ। कोरला राजमार्ग १०५ किलोमिटरको रहेकोमा ७५ किलोमिटर कालोपत्रे सम्पन्न भएको छ। जोमसोम-कोरलाको १ सय १० किलोमिटरमा ९० किमी ग्राभेल सम्पन्न भएको छ।

यसमा कुल १९ पुल रहेकोमा १४ वटा पुल बनिसकेको छ। ९ वटा पुल मुस्ताङ खण्डमा रहेको छ भने ५ वटा पुल म्याग्दी खण्डमा रहेको छ।

थासाङ गाउँपालिका–३ लेतेको सेतु खोलामा निर्माणाधीन पुल ८०% सम्पन्न भएको चापागाईँले जानकारी दिए। चालु आर्थिक वर्षमा ४ वटा पुलपुलेसाको ठेक्का सम्झौता भई निर्माण सुरु भएको छ भने कैकु खोला र लार्जुङ खोला पुलको ठेक्का सम्झौता रद्द  भएको छ।

चैत ६, २०८१ बुधबार १७:२८:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।