बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा गेस्ट हाउस सञ्चालक पक्राउ

काठमाडौँ : बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा गेस्ट हाउस सञ्चालक पक्राउ परेका छन्। काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित पञ्चेश्वर महाकाली गेस्ट हाउस एन्ड रेस्टुरेन्टका सञ्चालक शम्भुलाल मल्ललाई प्रहरीले पक्राउ गरेको हो।
उक्त गेस्ट हाउस एन्ड रेस्टुरेन्टमा शम्भु लालले आर्थिक लाभ लिई बालिकालाई जबरजस्ती यौन व्यवसायमा लगाउने गरेको सूचनाका आधारमा मानव बेचबिखन ब्युरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
प्रहरीले गेस्ट हाउसबाट दुई जना बालिकाको उद्धार गरी सुरक्षित आवासका लागि सेल्टर होममा पठाएको छ। लालमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट पाँच दिन म्याद थपको अनुमति लिएर अनुसन्धान सुरु गरेको छ।
चैत ६, २०८१ बुधबार १६:५१:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।