नेप्से परिसूचक एक महिनायताकै न्यून विन्दुमा, कारोबार रकम पाँच अर्ब

नेप्से परिसूचक एक महिनायताकै न्यून विन्दुमा, कारोबार रकम पाँच अर्ब

काठमाडौँ : नेप्से परिसूचक बुधवार १४.८८ अङ्कले घटेर २,६८२.१५ विन्दुमा झरेको छ। यो एक महिनायताकै न्यून विन्दु हो।

गत १ फागुनमा २,६७८.४७ विन्दुमा पुगेको नेप्से उकालो लाग्दै २८ सय पार गरेको थियो। एकाएक ओरालो लाग्न सुरु गरेको नेप्से रोकिएको छैन। निरन्तर घटी रहेको छ। यो साताको चारै दिन नेप्से ओरालो लाग्यो।

बुधबारको कारोबारमा ३११ कम्पनीका ९५ लाख ८३ हजार कित्ता सेयर खरिद–बिक्री भयो। कारोबार रकम ५ अर्ब १४ करोड ३९ लाख ९७ हजार रुपैयाँ पुग्यो।

नेप्सेका १३ समूहमध्ये अधिकांश समूहको सूचक ओरालो लाग्यो। होटेल तथा पर्यटन, म्युचल फन्ड र व्यापार समूह एक प्रतिशतभन्दा कमले बढ्यो।

वित्त र जीवन बिमा समूह एक प्रतिशतभन्दा धेरैले घटेका छन्। अन्य सबै समूह एक प्रतिशतभन्दा कमले घटेका छन्

मिथिला लघुवित्तको मूल्य ९.३९ प्रतिशतले बढ्यो। गरिमा समृद्धि योजना, भूगोल इनर्जी विकास कम्पनी र ग्रिन डेभलपमेन्ट बैंकको ७ प्रतिशतभन्दा धेरैले बढ्यो।

सामुदायिक लघुवित्तको ९.२० प्रतिशतले घट्यो। हिमालयन पावर, श्वेतगंगा हाइड्रोपावर, सेन्ट्रल फाइनान्स र मनकामना इन्जिनियरिङ हाइड्रो: ४ प्रतिशतभन्दा धेरैले घट्यो।

चैत ६, २०८१ बुधबार १६:३८:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।